तिमीले देखायौ ऐना (कविता)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८३, बुधबार
1 Min Read
Aa

तिमीले देखायौ ऐना
अनि म गर्न लागेँ आफैलाई प्यार,
तिमीले सोध्यौ कस्तो छौ,
मलाई थाह भो आफ्नो के छ हाल,,
हल्का किरण देखायौ तिमीले,
म गुम भएँ आफ्नै भित्र केहि खोज्दै,
तिमीले हौसला के दियौ मलाई,
आफु भित्र पाएँ खुबी बेसुमार,,
तिमीले देखायौ ऐना,
अनि म गर्न लागेँ, आफैलाई प्यार,,
सोध्यौ तिमीले खायौ के भनेर,
भोक उठन थाल्यो आँतमा,
तिमीले दिएको त्यो पुण्टे कलमले,
लेख्न थाल्यो मेरै बिगत र बर्तमान,
तिमीले देखायौ ऐना,
अनि म गर्न लागेँ, आफैलाई प्यार,
तिमीले सपना के देखायौ,
म त हराँए आफ्नै मनको बिरानोमा,
तिमीले झस्क्यायौ मेरो अचेतलाई,
म त जुर्मुराएँ अनि उठेँ आफ्नै सचेतमा,
तिमीले टाढा गोधुली देखायौ,
म त बुझ्न थालेँ त्यहि होकी अपार,
तिमीले देखायौ ऐना,
अनि म त गर्न लागेँ, आफैलाई प्यार,,
आफैलाई प्यार,,
आफै लाई प्यार,,

शरदचन्द्र ओझा ”मेदिनीराज”
द न पा-४, बमराडा

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्