काकाको बुईमा,खेल्दै त्यो भतिजो…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काकाको बुईमा,खेल्दै त्यो भतिजो,
फुपुले गुगुती बासुती,खेलाउँदै भदै,
कथा भो अब त, कता गयो समय,
बाजे ले सिकाको, क ख ग घ र चण्डी ।।

खेत खेताला कहाँ छ, गर्नु गरायो
मोबाईल आयो, नाता हरायो,
आकासे पानीमा नुहाएको दिन,
बिहान बास्ने भाले, अलराममा करायो |

- Advertisement -
Ad image

छिमेकि काकि, मल्ला गाउँकि फुपु,
आफर मा दाई, चक्कीमा पिठो,
धानको भारी, भरिएको भकारी,,
दैव को खेला, दैब नै जानुन ।।

पिपलको चौतारीमा, खेल्दै ति बुढा,
हुक्काको धुँवा,आनन्दी जुवा,,
गोरुका घँटी, बाख्राको म्या म्या,,
पैनीमा पौडी, लट्ठी लिएका बुवा ।।

बिहेमा जन्ती, नौमती मा बाजा,
सेल को रोटी, मकै को खाजा,
गाईने को भाखा, आगोको भुटन,
सपना मा गाउँ, गाउँको म राजा ।।
गाउँको म राजा …..
कता हरायो… कता हरायो …

शरदचन्द्र ओझा “मेदिनीराज”

द न पा-४, बमराडा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्