मैले पिरती लगाई बसे, तिमीलाई आफ्नो मित सम्झे मैले ,
मैले आफ्नो बनाई बसे,तिमीलाई आफ्नो गित सम्झे मैले,
समय ले मान्यो कि मानेन, तिम्रो माला जपी बसेँ म बेसरी,
मैले मुटुमा राखी बसेँ, तिमीलाई आफ्नो सँगित सम्झे मैले ।
ओठमा हाँसो ल्याएँ मैले,तिमीलाई लहराको रित सम्झे मैले,
मायानै पुरानो हुँदै गयो, तिमीलाई पालुवाको प्रीत सम्झे मैले,
जब जब देख्छु सुन्दर रुप तिम्रो,हराउँछु कुनै भुलभुलैयामा
मैले चाहेको मायानै हो, तिमीलाई पाउनु नै जित सम्झेँ मैले ,
तिमीलाई पाउनु नै जित सम्झेँ मैले । ।
शरदचन्द्र ओझा ”मेदिनीराज”
द न पा-४, बमराडा


प्रतिक्रिया दिनुहोस्