यस वर्षको विजया दशमीको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँ अन्तर्गत विजया दशमीको टीका लगाउने उत्तम साइत आगामी कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको जनाएको छ।

समितिका अनुसार त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ भने देवी विसर्जन गरिसकेपछि मान्यजनबाट प्रसादको रूपमा टीका थाप्नका लागि बिहान १०ः२६ बजेको समय सबैभन्दा उत्तम हुनेछ।

- Advertisement -
Ad image

समितिले यस वर्ष टीका लगाइमाग्ने र लगाइदिने दुवै व्यक्ति पश्चिम मोहडा फर्केर बस्नुपर्ने (अर्थात टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने) स्पष्ट पारेको छ। विजया दशमीका दिन दिनभरि नै टीका लगाउन मिल्ने भए पनि साइत खोज्नेहरूका लागि यो समय तोकिएको हो।

त्यस दिन बिहान १०ः५१ बजे श्री तुलजा भवानी यात्राको साइत रहेको छ भने ११ः५२ बजे भवानीलाई स्थिरासनमा राख्ने साइत निर्धारण गरिएको छ। यस वर्ष असोज २५ गते आईतबार बिहान ११ः४७ बजे घटस्थापना र जमरा राख्ने शुभसाइत रहेको छ भने असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते महाष्टमी र कात्तिक ३ गते महानवमी पर्व परेको छ।

विजया दशमीको मुख्य दिनपछि कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन बेलुकी महालक्ष्मीको पूजा आराधना गरेसँगै १५ दिन लामो दसैँ पर्व समापन हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्