परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता, हवाइ रुट मुख्य एजेन्डा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले सामूहिक भेटवार्ता गरेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार नयाँदिल्लीमा विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी खनालसँग वार्ता गरेका हुन् ।

- Advertisement -
Ad image

अन्तर्राष्ट्रिय हवाइ उडानका लागि भारतबाट नेपाल प्रवेशविन्दुका रूपमा महेन्द्रनगर, भैरहवा र जनकपुरमा सहमति जुटाउन दुवै समकक्षीबीच भेटवार्ता भएको बताइएको छ । भारतले भैरहवा र जनकपुरमा सहमति जुटाए पनि महेन्द्रनगरमा प्राविधिक समस्या देखाइरहेको छ ।

भारतले समेत आफ्नो सुविधाका लागि नेपाली क्षेत्रमा हवाइ रुट मागिरहेको छ । हवाइ रुटको विषयमा सहमति जुटाउन नेपाल–भारतको परराष्ट्र सचिवस्तरीय अनौपचारिक भेटवार्ता समेत भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्