प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ ।  उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नै नयाँ दिल्ली पुगेका हुन् ।

- Advertisement -
Ad image

 

 

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितसँगको उच्चस्तरीय भेटवार्ता भने सोमबार हुने तालिका छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्