गाउँ बाजेको थियो,
आँगन काका फुपुको थियो,
गाउँका दाई भाउजु थिए, अनि
घर हजुर आमाको थियो!!
एक हल गोरु थियो,
दुध दिने भैसी गाई थियो,
चोटामा फलफुल र अन्न थियो,
त्यो घर हजुरआमाको थियो ।।
चाडबाड आउँथे, नँया लुगा हुन्थ्यो,
के के पाक्थ्यो, खिर पुरी चिचीपापा,
निधारमा टिका थियो, शिरमा आशिष थियो,
त्यो घर चाहिँ, हजुरआमाको थियो।।
न रह्यो घर त्यो अब, न रहे ति सबै रौनकहरु,
शहरको बास भयो, दुध पनि पाउडर भयो,
पानी बोतलमा गयो, खाना पिजा मम रह्यो,
यादमा सँधै त्यो घर, जुन हजुरआमा को थियो।।।
शरदचन्द्र ओझा ”मेदिनीराज”
द न पा-४, बमराडा


प्रतिक्रिया दिनुहोस्