न सपना नै सपना रह्यो, न त बिपना मै सत्य भयो,
आँधी आयो भेल आयो, न त जिवन नै सुखी रह्यो,
परदेशको बसाई मेरो, उता देशमा अनेकौ बिपत्ती,
त्यहि खहरे खोलो गाउँको, त्यसैले बिनासको रुप लियो,,
बगेर गयो सार जिवनको, बगी गयो सबै आशा अभिलाषा,
न बस्तु रह्यो न भाउ रह्यो, धुरुरु नेत्रले अश्रुधारको रुप लियो,
कयौँ रातहरु काटे मेरा बा आमा दुखमा, बगाई लगयो बैरीले,
न साँस भेटियो न देह भेटियो,कालको कस्तो चक्र चली दियो,
यो कस्तो बिचल्ली पर्यो, यो कस्तो अर्थको अनर्थ भयो,
कहिले सुकुमार गाउँ मेरो, अहिले मरुभुमीझैँ सुनसान भयो,
दशैँ तिहार आउँथ्यो रमाईलो, लिपपोत हुन्थ्यो घरहरुको दैलो,
न घर रह्यो न रह्यो कुनै निशानी,अब त भिरपाखा उजाड भयो ।
हुक्का थियो चिलीम पनि, ठेकीको दही पनि बगी गयो,
पिँढीमा बस्थे मेरा बा, आमाको चटाई पनि खोई कता गयो,
झाले माले गोरु एक हल थिए, थिए गोठभरी गाई गोरु र बाख्रा,
अब त यादहरु मात्रै रहे तिन्को, तिनै यादहरुको सहारा रह्यो,
तिनै यादहरुको सहारा रह्यो,,,
शरदचन्द्र ओझा”मेदिनीराज”
द न पा-४, बमराडा


प्रतिक्रिया दिनुहोस्