सुकुम्बासीको नौ तले घर,
हुकुम बासी, घर न बेघर,
नेताहरुको, आशिर्बाद बेगर,
कसरी हुन्थ्यो,महल जत्रो घर।।
बिचरा साना, टहरामा बस्थे,
एकछाक काट्न, मागेर खान्थे,
तिन्को के नै थियो र, रहर
बास न गाँस, छुट्यो ठहर।।
कति दिगभ्रमित, गरेका रैछन पार्टीले,
नाममा हाल्दिन्छु,भन्दै प्रयोग गरे पार्टीले,
सोझा जनता परे, आश मा ई दुई जिब्रेको,
आखिर बिचल्ली पारे, ति तिम्रा पार्टीले।।
शरदचन्द्र ओझा” मेदिनीराज”
द न पा-४, बमराडा


प्रतिक्रिया दिनुहोस्