गोर्खा भाषाका आदिकवि भानुभक्त आचार्यको स्मरणमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८०, शुक्रबार
2 Min Read
Aa

डी. राज कोइराला

जसरी हामी हाम्री आमाले यो तेरो बाउ, यो काका, यो मामा, यो फुपाजू, यो मितबाबु, यो बुढाबाउ, यी बुढ्यामा भनेर एक पटक चिनाइदिए पछि सोही साइनाले बाँचुञ्जेल सम्बोधन गर्छौ । बाँचुन्जेल मामालाई बुढाबाउ भन्दैनौ । यस्तै बाल्मिकी रामायणलाई भाषा रामयणमा अनुवाद गर्ने मान्छे, जस्लाई मोतीराम भट्टले “भाषाको मर्म जानी कविता गर्ने भानुभक्त आचार्य गोर्खा भाषाका आदि कवि हुन भन्दा पनि हुन्छ” भनेर भानुभक्ताचार्यको जीवन चरित्र नामक पुस्तकबाट चि्नाएका छन ।

भानुभक्त उही, मोतीराम उही, भाषा रामायण उही, भानु भक्तका भनिएका बधू शिक्षा भक्तमाला लगायतका कृतिहरू उही । जस्ले जस्लाई जे भनेर चिनायो, त्यसरी नै हामी सबैले चिन्नु पर्न होइन र ? भानुभक्त हाम्रा विभूती हुन्, उन्को सम्मान गर्नै पर्छ तर उनी जे हुन त्यो परिचयबाट सम्मान गर्दा चै के नोक्सान हुन्छ ?। हाम्रा बिद्वान् पण्डित भाषा साहित्यका ज्ञाता हौ भन्ने प्राडाहरुले भानुभक्तलाई नेपाली भाषाका आदि कवि हुन भनेर प्रत्येक आषाड २९ अर्थात आजका दिन मनाएको भानुजयन्ती कस्कालागि हो ?

के भानुभक्तका जीवन कालमा नेपाली नामको शब्द जन्मिएको थियो ? थिएन भने उनी कसरी नेपाली भाषाका आदि कवि भए ? वास्तविक इतिहास लुकाएर कृतिम कुरालाई इतिहास मान्नु पर्ने किन ? भावी पिडिले भाषा साहित्यको सक्कली इतिहास पढ्न जान्न नपाउनु ? साँचो कुरा भन्दा लेख्ता के बिग्रन्छ ? मोतिरामलाई लत्याउँदै भानुभक्तलाई नेपाली भाषाका आदि कविको पगरी गुथाएर सत्यकुरा लुकाउनु पर्ने किन र कस्कालागि ? चुनाव जितेर बनेका तथाकथित नेता वा शासकहरूका कुरा नगर्दा हुन्छ तर इतिहास लुकाएर हामी सबैलाई ढाँटी हिड्ने डिग्रीधारी बिद्वान पण्डितहरु तथा प्राडा लगायतका ठूला ओहदावालाले जे भन्छन हामी सबैले त्यो नै मान्नु पर्ने ? अनि कतिदिनसम्म झुट्टा बनावटी कुरालाई सत्य ठान्नै पर्ने ,मान्न’ पर्ने ?

स्मरण रहोस यस्तै खाले परचक्रीले बोकाई दिएका कृतिम कुरालाई सत्य इतिहास मान्दा हामी र हाम्रो देश कुन अवस्थामा पुगेको छ यो पनि हेक्का रहोस भन्ने विनम्र आग्रहका साथ ।
जय गोरखनाथ जय गोर्खा ।।

प्रतिक्रिया दिनुहोस्

Array