आङ्काजीलाई मेरो सानु चुनौती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८०, बिहीबार
4 Min Read
Aa

अन्तर्वार्ता हेरेपछि थाहा भयो नेपालको पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी देखेर राष्ट्रवादी भावना उर्लेर आएर आङ्काजीलाई निकै खपी नसक्नु पीडाले छट्पटी भइरहेकोे रहेछ।

उहाँको राष्ट्रवादी भावनाले ओतप्रोत भएर यस्तो कुरा भन्नुभएको होला भनेर एकैछिन मानौं, ठिकै छ यो कुरालाई मैले हृदय देखिन मानें पत्याएँ।
उहाँले भन्दै हुनुहुँदोरहेछ – “मेयर बालेनले पशुपतिको पुजारीलाई हटाउने अभियान चलायो भने ऊनी पनि साथमा जान्छु रे ! मेयरलाई पचास साठी किलो वजनको फूलमाला लगाई दिन्छु रे !! लौ पत्याएँ !

अब मेरो चुनौती !

मेरो तपाईंलाई चुनौती नै भयो म पनि तपाईंलाई ६० किलोको फूलमाला लगाएर काँधमा बोक्ने छु तर पख्नुस् पहिला पुरै कुरा सुन्नुस्।
स्वयम्भूको घ्याङ (गुम्बा) र बौद्धनाथको घ्याङ मेरै पुस्तेनी रुम्बा खानदानको भोगचलनमा थियो राणा कालसम्म। हामी संग त्यसको लालमोहर पनि छ, घ्याम्छो रुम्बा लामाको नाउँमा स्तिहार जारी गरेर दिइएको प्रमाण पनि छ। अहिले नयाँ बनेका बौद्ध तिरको सबैलाई गुम्बा भन्ने गरिन्छ तर स्वयम्भू चैत्य अगाडिको र बौद्ध चैत्य अगाडिको गुम्बालाई अहिले पनि तामाङ घ्याङ गूठी भन्ने गरिन्छ किनभने तामाङले गुम्बालाई घ्याङ भन्ने गरिन्छ, यो तामाङ जातिको मौलिक नाम हो।
अहिले उक्त दुबै घ्याङ अर्थात गुम्बा स्वयम्भूको घ्याङ भुटानी लामाले कब्जामा राखेको छ भने बौद्धको घ्याङ्को पुजारी चाइनिज लामा चिनियाँ लामाको हातमा छ।

अब प्रश्न : पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी हुँदा छाती पोल्नेलाई बौद्धनाथ घ्याङमा चिनियाँ लामा र स्वयम्भूमा भुटानी लामा हुँदा छाती पोल्छ की पोल्दैन तपाईंको ?

पशुपतिमा भारतीय पुजारी हुँदा राष्ट्रियता सार्वभौमसत्ताको कुरा उठ्ने त्यहीँ बौद्ध र स्वयम्भूमा भुटानी र चाइनिज मुलका हुँदा स्वाभाविकै हुने दोहोरो मापदण्ड हो तपाईंको ? यदि होइन भने त्यहाँ पनि चाइनिज भुटानी हटाएर नेपाली लामा नियुक्त गर्नुपर्छ भनेर तपाईं अभियान छेड्न सक्नुहुन्छ ? तपाईंले अहिले बोलेको जसरी नै अन्तर्वार्तामा बोल्नुहुन्छ ?

त्यो दुबै घ्याङ घ्याम्छो रुम्बाको सन्तानलाई अहिले चाहिँदैन तर ऐतिहासिक दस्तावेजहरु बाट तामाङ समुदायको त हक लाग्छ नी होइन र ? तामाङ समुदायको घ्याङ तामाङलाई हस्तान्तरण गर भन्दै तपाईंले चाइनिज र भुटानी लामालाई हटाऔं भन्दै अभियान छेडेर देखाउनुस् तपाईंको पछि पछी म उभिन आउने छु। यदि तपाईंले चालेको यो अभियानले सफलता प्राप्त गर्‍यो भने मैले पनि ६० किलोको फूलको माला बोकेर तपाईकै घरमा लगेर लगाई दिने छु यो मेरो सार्वजनिक प्रतिबद्धता भयो। मेरो यो चुनौती स्विकार्नु हुन्छ ? यसबारेमा बोल्नुहुन्छ ?

सबैलाई थाहै भएको कुरो हो बोल्दैन, त्यसैले आफ्नो आङमा भैंसी दौडिरहेको देख्दादेख्दै अर्काको आङ्को जूम्रा टिप्ने काममा कसले खटाएको होला तपाईंलाई ?
हेक्का रहोस् आङ्काजी जी धर्म संस्कृति भनेको राष्ट्रवादको सिमा रेखाले छुट्याएको हुँदैन। तपाईंको घरमै पुजा कोठामा तिब्बतको राजा दलाई लामाको तस्वीर होला, त्यही बौद्धको घ्याङ भित्र साक्षत अवलोकितेश्वरको अवतारको रूपमा दलाई लामाको तस्वीर राखेर पुजा गरिरहेको हुन्छ भने तपाईं यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?

तपाईंले पशुपतिमा देखाएको चिन्ता म राम्रोसँग बुझ्छु।
हो कुनै बेला थियो जुन बेला हामी सबै लाटो थियौं, अन्जान थियौं, त्यतिबेला त्यही एकै समयमा पशुपतिमा पुजारी हटाउने, उपत्यकाको बज्रयानी बौद्ध बिहारको गुठियारको बजेट रोक्ने, पश्चिम् नेपालको कैलालीको जंगलमा एकैपटक १२ वटा गाई मार्ने, नेपालभरी पृथ्वीनारायण शाहको शालिक एकैपटक एउटै समयमा तोड्ने यी सबै काम एकै समयमा मिसन अन्तर्गत भैरहेको थियो।

जतिबेला यहाँको सबै हिन्दुहरु सुती रहेकोे बेला थियो तर अहिले परिस्थिति हल्का भिन्न भा छ धेरै भिन्न होइन हल्का अलिकति मात्रै कतिभने – अहिले सुतिरहेको हिन्दुहरुको मुखमा मुती रहेकोे छ, मुखमा के तातो तातो नुनिलो नुनिलो पानी पर्‍यो भन्दै छाम्दै अर्ध निद्रामा चाटिरहेको बेला छ, जब धत्तेरिका… मुत पो रहेछ अघि चाटेको त भन्दै ब्युँझिने छ त्यतिबेला भयावह ताण्डव हुने छ लेखेर राख्नु आङ्काजी दाइ अहिलेलाई मुत्दै गर्नु चाट्दै गरेको बेला जो छ !!

Mohan Lama Rumba जि को फेसबुवाल बाट साभार

प्रतिक्रिया दिनुहोस्

Array