अमेरिका स्थित फ्लोरिडा राज्यको MIAMI
भन्ने शहरमा एउटा स्कूल छ जसको नाम हो सेन्टर एकडेमी (Centner Academy) र त्यसको संचालिकाको नाम हो लिला सेन्ट्नर । उनी कोभिडको बेलामा निकै चर्चामा आइन । कारण थियो उनले आफ्नो स्कूलका बच्चाहरुलाई कोभिडको खोप साथै मास्क लगाउन दिइनन् । सरकारको प्रेसर र अनेक डर, धम्किको वावजुत उनी अडिग रहिन । यहाँ सम्म कि खोप हानेका उनका टिचरहरुलाई समेत निष्कासन गरिन । अनि अन्य कुनै स्कूलले गर्न नसकेको कार्य गरे वापत देशै भरि उनको चर्चा भयो । खोप विरुद्व बोल्ने विभिन्न वक्ताहरुलाई निम्त्याएर अनिवार्य खोपको विरोध गर्दै मेडिकल स्वतन्त्रता (Medical Freedom) बारे वहस गराइन । अतः यस्ती आँटिली, साहासी महिलालाई स्याल्युट भन्नै पर्छ ।
त्यति बेला न्यु योर्क टाइम्सले उनको आलोचना गर्दै यस्तो लेखेको थियो…
तर त्यतिबेला उनको आलोचना भए पनि अहिले उनले गरेको कार्य सहि रहेछ भन्ने कुरा प्रमाणित भएको छ । राष्ट्रपति ट्र्र्र्र्रम्पले भर्खरै खोप अनि मास्क अनिवार्य गर्ने स्कूलहरुलाई सरकारले दिइआएको सुविधा रकममा रोक लगाउने भएका छन् । कोभिडको बेला अमेरिकामा सैनिकहरु देखि लिएर, केहि अस्पतालका नर्स, डाक्टरहरुले समेत खोपको विरोध र वहिस्कार गर्दा उनीहरुले निकै अप्ठेरोहरू झेल्नु परेको थियो, कतिलाई जागिर बाट निष्कासन पनि गरियो । जनताले पनि ठाउँठाउँमा र्याली, प्रदर्शनी अदि गरेर विरोध जनाएका थिए ।
तर त्यतिबेला निष्कासित भएका सैनिकलाई हाल ट्र्र्र्र्रम्पले ससम्मान चार वर्षको तलब समेत दिलाएर पुनर्वाहाली गरेका छन् । यो भिडियो पनि हेर्नुस…
Trump Reinstates Thousands of Military Personnel
https://www.youtube.com/watch?v=jTOAFWNMq-g
तर हाम्रो नेपालमा भने त्यस्तो कतै भएन, कसैले गरेनन् । न आर्मि पुलिसले गरे न डाक्टर नर्स, शिक्षक वा अन्य कसैले । उल्टै खोप लगाउन आउ भन्दा खुरुखुरु आज्ञाकारी भएर गई खोप ठोकेर आए सबै । फलस्वरुप अहिले धेरैले विभिन्न स्वास्थ्य समस्या झेलिरहेका छन् । कति स्वस्थ र युवा अवस्थाका व्यक्तिहरुको पनि अकस्मत मृत्यु भएको छ भने आगामी दिनहरुमा अरुले पनि गम्भिर स्वास्थ्य समस्या झेल्नु पर्नेछ । यो सबै नियोजित हो । हामीले त्यतिबेलै चेतावनी नदिएकोभने होइन । तर हाम्रो कुरा पत्याउनु भन्दा सरकारकै कुरा सत्य लाग्यो, डब्लुएचओ, एफडिए अनि सिडिसिहरु नै ज्यान बचाउने भगवानै सरि लाग्यो । अनि हामीलाई त कतिले ज्यानमारा, बाधक, गलत समाचर सम्प्रेशन गर्ने, “कन्सिपिरेसी थियोरिस्ट” आदि भनेर अनेक आरोप समेत लगाए । तर नतिजा अहिले देखिदैछ । को सहि रहेछ बुझ्नेले बुझिसके तर अझै नबुझ्ने भुसहरु पनि छँदैछन् ।
ठिक त्यस्तै गरी अहिले पनि त्यहि सरकार, त्यहि डब्लुएचओ अनि तिनै डाक्टरहरु कै कुरा सत्य र सहि मानेर छोरिहरुलाई बलिका बोका बनाएका छन् नेपालीहरुले । बुद्विमानले अरुको देखेर चेत्छ अरे मुर्खहरुले भने आफैले देखेको, भोगकोले पनि चेत्दैन रहेछन् । पढेलेखेका बुद्विमान भनाउँदा नेपालीहरु पनि पढेर घोकेर पास हुन मात्र जन्दा रहेछन् र त्यस बाहेक बुद्वि खियाउन र दिमाग चलाउन जान्दारहेन छन् । अहिलेको संसार बडा खराब छ, सबै स्वार्थि, लोभि पापी छन, एकअर्कालाई ठग्न, लुट्न, चाहन्छन् आफ्नो फाइदा मात्र हेर्छन् अरु “जाए भाँड मे” भने जस्तै । चाहे त्यो व्यक्ति होस वा सरकार, जनताको भलो हुने भन्दा आफ्नो भलो हुने मात्र रोज्छन् । त्यसकारण ऐलेको दुनियाँमा मानिसले सोचेर दिमाग लगाएर काम गर्नु पर्छ । अथोरिटीले अर्थात प्रसासनले, सरकारले वा डाक्टरले भन्यो भन्दैमा सहिनै हुन्छ भन्ने सोच राख्यो भने ज्यान जोखिममा पर्न सक्छ । विभिन्न प्रलोभनमा परि अथवा विभिन्न स्वार्थले मानिस बिकेका हुन्छन् । अतः आँखा चिम्लेर विश्वास गर्नु ठूलो भुल हो । भिड जता दौडियो उतै दौडिनु अर्को मुर्खता हो, अक्सर भिडको उल्टो लाग्ने नै सहि र सफल हुन्छन् भन्ने पनि अनेकौं प्रमाणहरु छन् । तसर्थ दिमाग चलाउन र सहि निर्णय लिन सिकौं जस्ले जे भन्छ त्यो पत्याइ नहालौं । चाहे त्यो अथोरिटिमा बस्ने मान्छे होस वा डाक्टर वा शिक्षक वा अन्य कोहि ।
डाक्टरकै कुरा गर्दा स्वास्थ्य सम्बन्धि सबै कुरा डाक्टरले जानेका हुन्छन् भन्ने हुँदैन । डाक्टर आफै आफ्नो विदा (Specializtion) भन्दा फरक कुराको समस्या आयो भने अर्को कहाँ जान्छन् । जस्तै आँखाको डाक्टरलाई मुटु्को समस्या भयो भने मुटुकै डाक्टर कहाँ उपचार गर्न जान्छन् । त्यस माथि भ्याक्सिन अथवा खोप बारे त डाक्टरलाई शुन्य ज्ञान हुन्छ । मेडिकल पढदा डाक्टरहरुलाई खोप बारे पढाइनै हुँदैन, त्यो विषय कोर्समै हुँदैन । चार वर्षको पढाइमा सिर्फ एकाध घण्टा खोप बारे चर्चा हुन्छ भन्छन् अमेरिकाकै विशिष्ठ डाक्टरहरु । उनीहरुलाई सिर्फ यति सिकाइएको हुन्छ कि खोपले फाईदा गर्छ अनि तालिका (Schedule) अनुसार लगाउनु पर्छ । त्यसमा के के सामग्रिहरु ९ष्लनचभमष्भलतक० हुन्छन, त्यसले के काम गर्छ, त्यसका के के साइड इफेक्टहरु हुन्छन्, त्यो लिँदा के हुन्छ अनि नलिँदा के हुन्छ, त्यसले काम गर्छ गर्दैन आदि केहि सोध्न, बुझ्न, प्रश्न गर्न पाइदैन । बस त्यो आवश्यक हो स्विकार गर भन्ने किसिमले उनीहरुको ब्रेनवाश गरिएको हुन्छ । अनि उनीहरु त्यसलाई आँखा चिम्लेर (Blindly) स्विकार गर्छन् ।
हाम्रै नेपालका NAIHS, College of Medicine का एसोसिएट प्रोफेसर डा. सम्मोद आचार्यका अनुसार:
“नेपाल भारतमा सामाजि तथा प्रतिरोधात्मक चिकित्साविज्ञान मा पढाइ हुने Park’s textbook of social and preventive medicine” मा कथित “मान्यता प्राप्त खोप” अत्यन्त लाभदायक हुन्छन् भनेर मात्र पढाइन्छ, कथित खोपका परीक्षणदेखि मान्यताप्राप्त बनाउनसम्मका ठगीका विषयमा कुनै जानकारी नपाउने र एकोहोरो कुरा मात्र पढाइने हुनाले सत्य तथ्य जान्न पाउने अवस्था छैन।”
त्यसकारण बुझ्नुभयो होला डाक्टरलाई खोप बारे कत्तिको ज्ञान (Knowledge) हुन्छ भन्ने कुरा ।
खोपै बारे अध्यन अनुसन्धान गर्ने अमेरिका युरोप तिरका डाक्टरहरुलाई मात्र थाहा हुन्छ खोपका असलि गुन वा अवगुनहरु । र उनीहरुले निष्कर्ष निकालिसकेका छन् सबै खोपहरुले लाभ भन्दा हानि बढी गर्छन् । त्यसैले यहाँका राष्ट्रपति, प्रधान मन्त्रि, स्वास्थ्य मन्त्रि, स्वास्थ्यकर्मी, डाक्टर, टिचर, कलाकार, सेलिब्रिटीहरुले कत्ति न जान्ने भएर खोप लगाउन सिफारिस गर्नु हास्यास्पद हो । त्यसकारण खोपको प्रचार गर्ने सबै WHO जस्ता संस्था सँग बिकेका र उसले आदेश दिएका शव्दहरु दोहोर्याउने सुगाहरु मात्र हुन् ।
अनि हामीले यहाँ स्वास्थ्य मन्त्रालयका डाक्टरले भने, WHO तथा युनिसेफ, युएनका डाक्टरले भने वा अन्य कुनै पनि डाक्टरले कुनै पनि भ्याक्सिन सहि छ भनेको पत्याउनु मुर्खताको पराकाष्ठ हो । यिनीहरुले कोभिडको भ्याक्सिनले ज्यान बचाउछ भनेर लगाउन लगाए अहिले उल्टै धेरैको ज्यान गइसकेको छ भने अरुले कतिपय समस्या झेलेर बसिरहेका छन् । डाक्टरहरु आफै कोभिडको सुइ हानेर अहिले पछुताइरहेका छन्, केहि मरि पनि सके । त्यो देख्दादेख्दै ऐले फेरि एचपिभि सुइ लगाउदा यो र त्यो फाईदा हुन्छ भन्दा पत्याएर छोरीहरुको स्वास्थ्य समस्या, बाँझोपन र मृत्यु सम्म हुने कार्य गर्ने ?
यहि खोपका कारणले विदेश तिर बालबालिकाहरुमा अंगभंग र मृत्यु भए पश्चात बाउ आमाहरुले खोप निर्माता कम्पनी माथि मुद्या हालेर जितेका कैयौ घटनाहरु छन् अनि ति औषधि निर्माता कम्पिनीहरुलाई करोडौंको क्षतिपुर्ति तिर्न बाध्य परिएको छ । त्यसतो भएमा यहाँ चाहिँ कसलाई मुद्दा एउटा प्रमुख व्यक्ति हो । अनि यहाँका मन्त्री, सरकारी डाक्टर, प्रसासन सब बिकेका छन् उनीहरुको आज्ञा पालन गरेबापत अथाहा पैसा खाएका छन् त्यसैले सुई ठोक्न मरिहत्ते गरेका हुन् तपाई हाम्रो भलो गर्नका लागि होइन, आफ्नो स्वार्थका लागि । यो कुरा नबुझ्नेहरुले धोका खानेछन् र पछुताउने छन् यस कुरामा कुनै शंका छैन । अनि अर्को कुरा, कसैले केहि सित्थैंमा दिदा त्यसको पछाडि के स्वार्थ लुकेको छ भन्ने सोच्नु र बुझ्नु पर्छ, शंका र सन्देह गर्नु पर्छ । केहि नसोचि पत्याइ हाल्नु मुर्खता हो त्यसमाथि हाम्रो जस्तो देशका स्वार्थि, लोभि, पापी, ठग, सरकार, सरकारी कर्मचारी र मन्त्री, प्रधानमन्त्रीहरु भएको देशमा ।
त्यहि सरकार र मन्त्री जस्ले सैयौं पल्ट सैयौं झुट बोलिसकेको छ: रेल, पानी जहाज सबै आई सक्यो, घर घरमा ग्यासको पाइप आइसक्यो देश सिंगापुर बनि सक्यो, आइफेल टावर सँग प्रतिष्पर्धा गर्ने भ्युटावरहरु देशैभरि निर्माण भइसक्यो र पनि नेपाली जनता त्यहि गन्हाउने पत्रु नेता र सरकारमा बस्नेहरुले भनेको पत्याउछन् भने त्यसताहरुलाई के भन्नु ? डब्लुएचओ को कर्तुत देखि आजित भएर अमेरिकाले समेत त्यसलाई लात हानि सक्दा यहाँ त्यहि डब्लुएचओ ले ज्यान बचाउन खोप दिएको भनेर पत्याउने कति सम्मका भेडा ? टिकटक बनाउन र हेर्नमै रमाएकाहरु बिल गेट्सले भ्याक्सिन द्वारा कम्तिमा १० देखी १५ प्रतिशत विश्वका जनसंख्या घटाउछौ भनेको हेर्ने अनि बुझ्ने कसलाई फुर्सत होला र ? अनि त्यो WHO लाई फ़ण्डिङ्ग गर्ने त्यहि बिल गेट्स हो भन्ने कुरा त सबै “कन्सिपिरेसी थ्योरी” लाग्छ तिनीहरुलाई । तै पनि अलिकति जान्न बुझ्न उत्सुक्ता हुनेहरुलाई योे लिंक राखिदिएको छ हेर्न सकिन्छ ।
Bill Gates’ Obsession With Reducing Population By Any Means Necessary
https://www.youtube.com/watch?v=DtkfWaCzsas
HPV खोप बारेका केहि तत्थ्यहरु जुन सरकार, WHO तथा तिनीहरुसँग आवद्व/सम्बद्व डाक्टरहरु लुकाउन चाहन्छन् अथवा जनतालाई थाहा नहोस भन्ने चाहन्छन् :
“डाक्टर र वैज्ञानिकहरूले HPV टीकाकरण पछि धेरै युवतीहरूले अनुभव गरेका प्रतिकूल प्रभावहरूबारे समीक्षित लेखहरू प्रकाशित गरेका छन् । यहाँ केही उदाहरणहरू छन् (तर यो पूर्ण सूची होईन):
- टाउको दुखाइ
• ओर्थोस्टेटिक असहिष्णुता (उभिएपछि असजिलो महसूस हुनु)
• बेहोस हुनु (सिंकोप)
• पोट्स (POTS)
• थकान
• संज्ञानात्मक दुष्क्रिया (सोच्ने र याद गर्न गाह्रो हुनु)
• निद्राको समस्या
• दृष्टि सम्बन्धी लक्षणहरू
• दृष्टि धुंधलाउनु
• पाचन सम्बन्धी लक्षणहरू
• न्युरोप्याथिक दर्द (स्नायुको दर्द)
• मोटर लक्षणहरू (चल्ने क्षमतामा समस्या)
• छालाको समस्या
• मूत्र सम्बन्धी समस्या
• अंग कमजोर हुनु
• रक्तनली सम्बन्धी असामान्यता
• अनियमित महिनावारी
अमेरिकी सरकारले यो टीका सुरक्षित छ भनेर दाबी गरे पनि, टीकाको प्रतिकूल प्रभावको लागि संघीय क्षतिपूर्ति कार्यक्रमले HPV टीकाको प्रतिकूल प्रभावको लागि करोडौं डलर क्षतिपूर्ति तिरेको छ । परिवारहरूले मृत्यु, मस्तिष्क चोट, मल्टिपल स्क्लेरोसिस, कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम, गिलियन-बारे सिन्ड्रोम, अल्सरेटिभ कोलाइटिस, र अन्य गम्भीर र दुर्बल पार्ने अवस्थाहरूको लागि क्षतिपूर्ति प्राप्त गरेका छन्।”
अर्को प्रकाशित अध्यनका अनुसार…
“HPV vaccine proved to be extremely dangerous, yet both Merck and the FDA ignored the alarming data and continued promoting it, even as it resulted in unprecedented injuries, including autoimmunity, POTS, infertility, and death. Notably, many of these issues mirror those associated with the COVID-19 vaccines.” NIH
अर्थात: HPV को खोप अत्यन्त खतरनाक प्रमाणित भएको छ, तर मर्क र FDA दुबैले चिन्ताजनक डाटालाई बेवास्ता गरी यसलाई प्रवर्द्धन गर्दै आएका छन्, यहाँसम्म कि यसले अभूतपूर्व घाइतेहरू, जस्तै अटोइम्युनिटी, POTS, बाँझोपन, र मृत्यु जस्ता नतिजाहरू देखाएको छ। विशेष गरी, यी धेरै समस्याहरू COVID-19 को खोपहरूसँग सम्बन्धित समस्याहरूजस्तै देखिन्छन्।
एफडिए, सिडिसि, एनआइएच …
अर्को कुरा डाक्टरहरु र अन्य पढेलेखेका जान्ने हुँ भन्नेहरुले भन्ने गर्छन एफडिए बाट प्रमाणित भएको छ भने त्यो सत्य हो अनि एफडिए बाट प्रमाणित छैन भने त्यो व्यर्थ हो । हुनु पर्ने त्यस्तै हो । किनकी यस्ता अमेरिकी संघ, संस्थाहरु जनताको सुरक्षा र स्वास्थ्य संरक्षणका लागि स्थापना गरिएका हुन् । तर यि सबैलाई बिग फर्मा अथवा ठूला औषधि कम्पनीहरुले कब्जा गरेर उनीहरुको औषधि पास गराउने अथवा स्विकृत गराउने र प्रतिस्पधीहरुलाई दबाउने थलोको रुपमा परिणत भएका छन् । ति संस्थाहरुमा कार्यरत सबै सदस्यहरुले बिग फर्मा बाट रकम, सुविधाहरु प्राप्त गरेका हुन्छन् अनि तिनीहरुको नियुक्ति देखी सरुवा बढुवा सबै बिग फर्मा कै आदेश र निर्देशनमा हुन्छ ।
यस्तो अवस्थामा तपाईलाई लाग्छ तिनीहरु आफ्नो कार्य निष्पक्ष अनि निस्वार्थ भावनाले गर्छन् ? कि नुनको सोझो गर्छन् ? त्यसकारण एफडिए, सिडिसि, एनआइएच अदि जस्ता संस्थाले जनताको स्वास्थ्यको संरक्षण गर्छन भनेर सोच्नु दिवा सपना मात्र नभएर ती प्रत्यक्ष जनताको स्वास्थ्य प्रतिकुल दुश्मनहरु हुन् । यसैकारण ऐले अमेरिकामा राष्ट्रपति ट्रम्पले यस बेथितिलाई सम्बोधन गर्ने ध्ययले रोबर्ट एफ केनेडी जुनियरलाई (U.S. Department of Health and Human Services (HHS) मा नियुक्त गरेका छन् । तर उनको नियुक्तिबाट ग्लोबलिस्ट तथा बिग फर्माका सन्चालकहरुमा भुइचालो गएको छ । उनलाई रोक्न अनेक जुक्ति तथा प्रयास गरे तर सकेनन् । र अब बिग फर्माको मनोपोली र मनमानी रोकिने सम्भावना छ भने एफडिए, सिडिसि आदि संस्थाहरु बन्द गराईने वा त्यहाँको व्यवस्था पुरै सुधार्ने कार्य हुनेछ भन्ने आशामा जनता बसेका छन् । त्यसैले यस्ता भ्रष्ट संस्थाहरु अनि अमेरिकाले लात हानि सकेको डब्लुएचओ को नाम लिएर तिनीहरुको सिफारिसमा यहाँ खोप हान्न बाध्य गाराउनेहरु सबै भ्रष्ट, पैसामा बिकेका अधर्मि, जनता मारा, राष्ट्रको जनसंख्या मास्नेकार्यमा लिप्त दुश्मन अनि षडयंत्रकारीहरुका कठपुतली (Puppet) हुन् ।
अचम्म यो छ कि मानिसहरु आफुलाई झुट बोल्नेहरुप्रति घृणा नगरेर सत्य बोल्नेहरुलाई घृणा गरिरहेका छन् ।
एआई (AI) को भुमिका
आजभोली अस्पताल तथा डाक्टरहरु द्वारा विभिन्न वेथितिहरु भइरहेको अवस्थामा अब जनता आफै चनाखो भएर आफ्नो समस्या समाधानको निम्ति दिमाग लगाएर निर्णय लिन सक्नुपर्छ । नत्र पैसा पनि सकिन्छ जिउलाई पनि सास्ति हुन सक्छ । आज भोली कतिपय अवस्थामा डाक्टरै नचाहिन पनि सक्छ र डाक्टरहरु विस्थापित हुने दिनहरु आउदैछ भन्ने कुरा पनि चर्चामा आइरहेको छ । एआईको माध्यमले कतिपय समास्याको समाधान इन्टरनेट् बाटै हुन सक्छ । तर एआई ग्लोबलिस्टहरुको निकटको नभएर स्वतंत्र हुनुपर्छ अन्यथा फेरि उनीहरुकै फन्दामा परिन्छ झुट र misinformatio जो उनीहरुले फैलाउछन् आफ्नो स्वार्थको निम्ति ।
धेरैले गुगल र विकिपिडियाको सहारा लिन्छन जानकारिको निम्ति तर यि विश्वसनिय होइनन् । यिनमा तिनै ग्लोबलिस्टहरुको लगानि र संलग्नता रहेको ह्नाले यिनमा शतप्रतिशत सहि कुरा हुन्छ भन्ने विश्वास गर्न सकिन्न । विकल्पमा हाल deepseek.com नामकोAGI (Artificial General Intelligence) ले चर्चा पाइरहेको छ । यो प्रविधि चिनिया कम्पिनीको भएको हुँदा पश्चिमा वा ग्लोबलिस्टहरुको पकड भन्दा बाहिर पर्छ । यस्तै अर्को शक्तिशाली प्रविधि माइक एडम्सले मार्च महिनामा रिलिज गर्ने कुरा छ जसको नाम हुनेछ : ENOC र यो सबैभन्दा प्रभावशाली र निश्पक्ष हुनेछ भन्ने अनुमान गरिएको छ । अतः आधुनिक पनि बन्नु पर्छ तर प्रविधिमै मात्र सिमित भएर आफ्नो बुध्दि विवेक चलाउनु छाडनु चाहि मुर्खता र हानी वाहेक केहि हुँदैन सचेत रहौं । अबको दुनियामा बाच्नलाई प्रविधिको प्रयोग पनि गर्न सक्नुपर्छ तर प्रविधिमै सिमित भएर आफ्नो धरातल विर्सनु र प्रकृति सँगको सम्बन्धलाई त्याग्नु चाहिँ हुँदैन ।
स्कूलको भुमिका
अब पुन:एक पल्ट स्कूलहरु बारे चर्चा गरौं । हाल HPV खोप ९ देखी १४ वर्षका बालिकाहरुलाई लगाईयो । र यस कार्यमा स्कूलहरुले पनि सरकार र ग्लोबलिस्टहरुका एजेन्टलाई साथ दिएकै हुन् । तर के स्कूलहरुले यसमा सहभागी हुन वा अग्रसरता देखाउन आवश्यक थियो ? माथि हामीले सेन्टनर एकाडेमीको चर्चा गरिसकेका छौं । र त्यस स्कूलकि संचालिका लिला सेन्टनरले जस्तै अडान लिएर आफ्ना स्कूलका बालिकाहरुलाई खोप हान्न नदिएको भए बाध्य पार्न सक्ने थिएनन् होला । तर यहाँ त्यसतो चेतना र आँट कसैमा देखिएन । स्कूलका संचालक, शिक्षकहरुलाई बौद्विक वर्ग मानिन्छ । तर के बौधिक शिक्षाले मात्र मान्ने हो ? कि बौद्विक हुन बुद्विको पनि प्रयोग भएको हुनु पर्छ ?
आजभोलीको शिक्षाले मानिसलाई दिमाग चलाउने भन्दा पनि आज्ञाकारी हुन सिकाउछ, नेत्रित्व गर्ने भन्दा आदेश पालन गर्ने बनाउछ । अर्थात भिबमभच हुने भन्दा Follower बन्न सिकाउछ । हुन पनि सबैले स्विकार गरेको कुरामा शंका गर्नु वा प्रश्न गर्नु जोखिमपुर्ण ह्न्छ, Status quo को विपरित हुन्छ त्यसैले आदेश पलना गर्नु नै सहज र सजिलो हुन्छ मानिसलाई र अधिकांसले त्यहि गर्छन् । स्कूलहरुले अथवा स्कूलहरुका संगठन प्याब्सन, एन–प्याबसनहरुले भेला Meeting गराएर खोपको गहराईमा बुझेर छलफल गरि विरोध र बहिस्कार हुनु पर्थ्यो । किनकि यो खोप ग्लोबलिस्टहरुको षडयंत्र अन्तरगत जनसंख्ँया नियंत्रण गर्नका लागि हो, प्रतक्ष अंगभंग वा मृत्यु गराएर वा बाँझो वा निसन्तान गराएर । त्यसतो भएमा भविष्यका विद्यार्थी खोई ? विद्यार्थी नै नभए स्कूल कसरी चल्छ ? अनि घाटा कस्लाई हुन्छ ? तर भविष्यको बारे हेर्ने बुझ्ने कस्लाई चासो हुन्छ ? हाल आदेश पालना गर्यो पछि जे सुकै होस भन्ने मानसिक्ता हुदो रहेछ सबैको ।
यसै सिलसिलामा क्यानडाको कुरा गरौं :
क्यानडाले कोभिडको बेलामा निकै कडाइका साथ खोप हान्ने कार्य गरेको थियो, त्यहाँको प्रधानमन्त्री जस्टिन टुड्रो WEF प्रमुख क्लाउस स्वाब भन्ने ग्लोबलिस्टहरुको नाइकेको आज्ञाकारी पालतु कुुकुर भएको हुँदा । अधिकांस क्यानाडेलीहरुलाई जबरजस्ति खोप हाने यता कैयौको मृत्यु भयो भने अझ धेरैको स्वास्थ्य समस्या भएको छ । तर सरकारले तिनीहरुलाई सहानुभुति र सहयोग गर्नुको साटो सास्ती खेपेर किन बस्छौ मृत्यु रोझ आरामले मर भनेर euthenization लाई प्रोत्साहन गरिरहेको छ भने कतिलाई फकाई फुलाई नत्र जबरजस्ति पनि मारिरहेको छ ।
अझै कुरा नबुझेको भए :
सरकार अथवा ग्लोबलिस्टहरुको निति हो फकाईफुस्लाई वा जबरजस्ति खोप हानेर मार, अनि बाँकी रहेका जो बिरामी र असक्त आदि छन् तिनीहरुलाई पनि मार । बिरामी अशक्त, लुला लंगडाहरुलाई पालेर राख्ने काम छैन, यहि उनीहरुको उद्येश्य र चाहना हो । यहाँको सरकारले पनि त्यहि नितिलाई पैल्याएर ग्लोबलिस्टहरुको अदेशको पालना गर्दै खोप कार्यक्रम सन्चालन गरेको छ । अनि खोपले बचाउछ, क्यान्सर हुँदैन भनेर गरिएको प्रचारलाई विश्वास गरेर बाबु आमा, शिक्षकहरु सबै मुर्ख बनिरहेका छन् ।
तर नेपाली मिडियाले यस्तो कुरा कहिले खोतल्दैन । खोप हाललाई बालिकाहरुलाई मात्र प्रयोग गरिएता पनि अलिक पछि केटाहरुमा पनि प्रयोेग हुनेछ सचेत रहौं । अतः अर्कोपालि खोप हान्ने सरकारको आदेश फेरि पालना गर्ने हो वा त्यसबारे सचेत अनि सुसुचित भएर त्यसलाई अस्विकार गर्ने हो विचार गर्नु । फेरि डाक्टरले समेत नबुझेको कुरा शिक्षकहरुले आफ्नो अध्यन, ज्ञान वा शिक्षाको विपरित विषयमा बोल्नु अर्थात विद्यार्थीहरुलाई खोप हान भनेर सुझाव दिनु अथवा प्रेरित गनुै कत्तिको उचित र नैतिक कार्य हो आफै सोचौं ।
राष्टिय परिचय पत्र लगायत यि सब कुराहरु ग्लोबलिस्ट एलिटहरुको पृथ्वीको जनसंख्या घटाएर बाँकी माथि पुर्ण नियंत्रण र कन्ट्रोल गर्ने योजना एजेन्डा २०—३० भित्र पर्छ । अतः यि विषयमा अध्यन अनुसन्धान गरेर सुसुचित हुनुमा सबैको भलो र कल्याण हुनेछ । अन्त्यमा एचपिभि भ्याक्सिन सम्बन्धि मेरो रचनाको यी शव्दहरु मनन् गर्नुस अनि ब्क्ष् ले संगीत भरेकोे यसको गीत तलको लिंक खोलेर अवश्य सुन्नुहोस ।
बाँच्न देउ
बाँच्न देउ, बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
देशका कर्णधार हामी, देशका आधा भाग हामी
मार्न चाहन्छौ किन भन, खोप हानी हानी?
हामीलाई जानी जानी, ए जानी जानी?
धेरै अपांग, अशक्त, बाँझोपन अनि मृत्यु सम्म भएको
देखेसुनेका छौं दुनियाँमा, विषाक्त खोपले
कति पैसा चाहिएको? कति धनको लोभ हो?
विदेशीको दलाल बनि, के हामीलाई मार्ने हो?
खाली हात आए थियौ, खाली हात जाने छौ
दुई दिनको जीन्दगीमा, कति लोभ गर्दछौ?
बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
खोपले हामीलाई लाभ हुन्छ, रोगबाट बचाउँछ भनि प्रचार गर्दछन्
तर यो कुरा झुट हो, वास्तविक कुरा अर्कै हो
नोबेल पुरस्कार विजेता डाक्टर, वैज्ञानिक भन्दैछन्
खोप खतरनाक र अनावश्यक हो, सचेत गराएका छन्
बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
पुर्खाहरूले भन्ने गर्थे, सन्तानले डाँडाकाँडा ढाकोस्
ऐलेकाहरूले भने, सिध्याउन लागिपरेका छन्
आमा बाबु जाग्नुहोस्, स्कूल छुटउनु परे छुटोस्
हामीलाई मार्ने षड्यन्त्रमा सहभागी नबन्नुहोस्
हामीलाई मार्ने षड्यन्त्र राम्ररी बुझ्नुहोस्
बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
ए गुरुहरू जाग्नुस्, नसोची नसम्झी हतारमा निर्णय नलिनुस्
हामी नै नरहे, स्कूलमा आउने को, पढ्ने को?
शरणमा छौं तपाईंहरूको, हामीलाई बाँच्न दिनुहोस्
अपांग, अशक्त, बाँझोपन र मृत्युबाट बचाउनुहोस्, जोगाउनुस्
विश्व जनसंख्या नियन्त्रण गर्ने यो ठूलो षड्यन्त्र हो
यस कुरालाई नबुझ्नु दुर्भाग्य हामीहरूको
लोभी, पापी, स्वार्थी छन् देशका नेता, अनि कार्यकर्ता
विदेशीको प्रलोभनमा परि गुमाएका छन् विश्वसनीयता
बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
ए डाक्टर बा, नर्स दिदी, विन्ति छ नहान्नुस सुई हामीलाई
रक्षक नै भक्षक हुँदा, कस्ले जोगाउने हामीलाई?
कस्ले जोगाउने हामीलाई? कस्ले जोगाउने हामीलाई?
बाँच्न देउ, बाँच्न देउ, हामीलाई बाँच्न देउ
यसको म्युजिक भिडियो यस लिंकमा हेर्नुहोस ….
कोभिड–१९ बारे त्यति बेला प्रस्तुत मेरो रचनाको यो म्युजिक भिडियो पनि हेर्नुहोस :
जाग जाग हे नेपाली जाग जाग हे…
https://www.brighteon.com/8855fe91-96c1-4365-bb03-9789eaadc09f






प्रतिक्रिया दिनुहोस्