कहिले थामिएला शेयर बजारमा पहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ- मंगलबार नेप्से सूचक ३८.८१ अंकले घटेर १८३७.६१ विन्दुमा झरेको छ। गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दै गएको हो। मंगलबार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार स्वाभिमान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको २ प्रतिशत, तेह्रथुम पावरको २ प्रतिशत र सिभिल लघुवित्तको १.३८ प्रतिशतले घटेको छ।

यता कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने बरुण हाइड्रोपावरको ८.१९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.९४ प्रतिशत र समृद्धि फाइनान्सको ६.७२ प्रतिचशतले घटेको छ।

मंगलबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि पावरको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ७३ लाख र अरुण काबेली पावरको ३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array