साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा रू। २३ करोड ८ लाख १४ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार अर्थात् असोज २ गते साँझसम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले  १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका – ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह-निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array