प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७-७८ का लागि नयाँ बोनस दर जारी गरेको छ।आर्थिक वर्ष २०७७-७८ को कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी प्रतिवेदन गत भदौ ३० गते बीमा समितिबाट स्वीकृत भएको थियो। कम्पनीले सोही वर्षको नाफाबाट बीमितहरुलाई बोनस दिन लागेको जनाएको छ।

कम्पनीले जारी गरेको बोनस दर अनुसार बीमितले प्रति हजार ३५ देखि ८० रुपैयाँ पाउनेछन्। यस अघिको वर्षमा कम्पनीले प्रति हजार ३५ देखि ७५ रुपैयाँ बोनस दिएको थियो । सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लगि ३५ रुपैयाँ तोकेको छ। १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ ,१५ वर्षदेखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लगि ५० रुपैयाँ र २५ देखि माथि अवधिलाई ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ३६ रुपैयाँ छ। १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ८० रुपैयाँ बोनस बीमितले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array