नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज बस्दैनेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज (भदौ ३० गते) बस्दै छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५५ बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले भदौ १९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array