आशा लघुवित्त वित्तीय संस्थाको सेयर असोज ४ देखि बोलकबोलका लागि आवेदन खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
आशा लघुवित्त वित्तीय संस्थाले संस्थापकतर्फको ३ लाख कित्ता सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। लघुवित्तले असोज ४ देखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने जनाकारी दिएको छ। बोलकबोलमा असोज १२ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम लघुवित्तको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्ने र विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य लघुवित्तले ३९५ रुपैयाँ तोकिएको मूल्यमा आवेदन दिन पाइने छ । यस्तै, न्युनतम १० हजार कित्ताका लागि बोलकबोल गनुपर्ने छ । साथै, अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। ल

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: