एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर ऋण भित्र्याउदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न गरेको हो । योसँगैं, एनएमबि बैंक दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।
बैंकका अनुसार आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको र उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बताएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: