अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड: अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको पनि मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

- Advertisement -
Ad imageAd image

गएको तीन दिन उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ५९ र बिक्रीदर १७९ रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ १७ र बिक्रीदर १७७ रुपैयाँ ८७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्