भारत भाग्दै गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० बैशाख २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपले लिलामी गरेको प्रकरणमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राति पाण्डेलाई पक्राउ गरेको एआइजी मनोज केसीले जानकारी दिए। सीआईबीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ गरिएको हो।

- Advertisement -
Ad imageAd image

६३ वर्षीय पाण्डेले आफ्नो मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा मङ्गलवार राति करिब ८ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको ‘स्मार्ट टेलिकम प्रालि’ को सम्पत्ति व्यवस्थापनका क्रममा पाण्डेले बेइमानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नियमानुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने भए पनि लोन रिकभरी कमिटी (एलआरसी) को अध्यक्ष समेत रहेका पाण्डेले नेपाल सरकारको हक टुटाउने उद्देश्यले लिलामी प्रक्रियामा बदनियतपूर्ण कार्य गरेको देखिएको छ।

यसका साथै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्दा ४० करोड रुपैयाँ ठगी गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ। लिलाम गरिने उपकरणहरू जडान भएका घर–जग्गा धनीलाई बुझाउनुपर्ने घर बहाल र विद्युत् महसुलबापतको ४० करोड रुपैयाँ बोलपत्रदाताले थप गरी बुझाउनुपर्ने सर्त सूचनामा राखिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्