काठमाडौं–
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले बिहीबारदेखि प्रतिफल वितरण गर्ने भएको छ। दुवै फण्डले आर्थिक वर्ष २०७८–७९ का लागि इकाई धनीहरुलाई बराबर २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका लागि योजनाले साउन ३१ गते बुक क्लोजको मिति तयार गरेको छ ।
आव २०७७–७८ का लागि एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत लाभांश दिएको थियो। सो अवधिमा एनएमबि फिफ्टीले ३० प्रतिशत प्रतिफल वितरण गरेको हो।
एनएमबि म्युचुअल फण्डको लाभांस कति ?

प्रतिक्रिया दिनुहोस्