काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन उतारचढावका बीच नेप्से ७.२५ अंक (०.२६ प्रतिशत) ले वृद्धि भई २,७२६.४९ विन्दुमा पुगेर बन्द भएको छ।
कारोबारमा उत्साह
परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। दिनभरिमा ३४३ वटा कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँमा खरिद–बिक्री भएका छन्।
यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आजको बजारमा एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर प्रति कित्ता ४२८ रुपैयाँ पुगेको छ। अर्कोतर्फ, नबिल बैंक डिबेन्चर–२०८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै ७.४४ प्रतिशतले नोक्सानी व्यहोरेका छन्।
रिडी पावरको बर्चस्व
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। यस कम्पनीको मात्रै ५५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जसले बजारमा यसको उच्च माग रहेको संकेत गर्दछ।
लगातारको उतारचढावपछि देखिएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ। यद्यपि, बजार अझै पनि पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्