साउन १२ गते मंगलबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०८३, मंगलवार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । इस्वी सन् २०२६ जुलाई २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्षको चतुर्दशी तिथि । आज बिहान ५ बजेर २५ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर ५३ मिनेटमा अस्ताउनेछ । अपरान्ह ३ बजेर ५१ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म राहुकाल रहने हुनाले कुनैपनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– मिश्रित फलदायी समय छ । आम्दानी तथा आयआर्जनका श्रोत बढ्नेछ भने व्यापारमा राम्रै फाइदा होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा मन शान्त रहला । प्रतिकुलताका बाबजुद सामथ्र्य वृद्धि हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । वौद्धिक कार्य बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– अरूका काममा ज्यादा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । खानपानजन्य कारणबाट स्वास्थ्य कमजोर बन्ने योग छ, मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले रुपैयापैसाको हानी हुने देखिन्छ । धेरै समय सानातिना घरेलु कार्यमै अल्झनुपरे पनि सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ, आफ्नै प्रयासले विशेष कार्य बन्ने योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् भने भौतिक साधन जुट्नाले आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही कठिनाइ परेपनि कर्मबल बढ्नाले यात्रापरक काम बन्नेछ । आफन्तजनको साथ–सहयोगले उत्साह वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आफ्नै कमजोरीले विवादमा पर्नसकिने तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा मिल्ने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ, ब्यर्थको भ्रमण नगर्नु उचित होला । नियमित कार्यमा पनि केही प्रतिस्पर्धाको अवस्था निम्तिन सक्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब होला । यात्रागत कार्यमा अनुकुलता बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– दिन शुभदायी हुनाले नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ । साथै, व्यापार व्यवसायमा पनि राम्रै लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्तिको योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । रचनात्मकता बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा विशेष फाइदा हुने समय छ । तर, मौकाको फाइदा उठाउन निकै जोडबल लगाउनुपर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिएला । नियमित कार्यमा ब्यस्तता वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । इष्र्यालुजनले फसाउने प्रयत्न गर्न सक्छन्, होसियार रहनुहोला । हुलमुलमा धनमाल हराउन सक्ने योग छ । महत्वपूर्ण कार्यमा साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा मन आकर्षित भएपनि त्यसलाई टार्ने प्रयत्न गर्नु दीर्घकालिकरूपले हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । खानपानमा विशेष सजग रहनुहोला । लामो समयदेखि प्रयत्न गरेको कार्यले पूर्णता पाउने सम्भावना प्रबल छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । साझेदारीको काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– लाभदायी काम प्रारम्भ हुने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । व्यावसायिक काममा खर्च बढेपनि परोपकार तथा सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावनाप्रति सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ । साथीभाइको काममा बाध्यतापूर्ण ढंगले अल्मलिनुपर्ने योग छ । सामथ्र्यमा कमी आउनेछैन । सुख–सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा मन खिन्न रहन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग छ । अनावश्यक दौडधुपका साथै खर्च बढ्नेछ । पारिवारिक समस्याको समाधानका लागि विशेष प्रयत्न गर्नुपर्ला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्