नामिबियाविरुद्ध नेपालको झिनो हार: करणको ५ विकेट र आसिफको ऐतिहासिक कीर्तिमान छाँयामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा सोमबार सम्पन्न अत्यन्तै रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको छ । नामिबियाले जितका लागि दिएको २१२ रनको मध्यम लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरसम्म उत्सुकताले भरिएको खेलमा नेपाल लक्ष्यनजिक पुगेर पनि चुक्यो ।

नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए । यसै पारिका क्रममा आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा २ हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बन्ने ऐतिहासिक कीर्तिमान समेत रचे । कप्तान रोहित पौडेलले ४१ रन, आरिफ शेखले अविजित ३८ रन र कुशल भुर्तेलले ३४ रन बनाए । खेलको अन्त्यतिर गुलशन झाले मात्र १० बलमा १८ रनको आक्रामक पारि खेल्दै जितको आशा जगाए पनि टोलीलाई जिताउन सकेनन् । नामिबियाका बलर ज्याक ब्रासेलले ३ विकेट लिँदै नेपालको मध्यक्रमलाई दबाबमा राखे ।

- Advertisement -
Ad image

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेटको क्षतिमा २११ रन बनाएको थियो । नामिबियाको इनिङ्समा जान फ्राइलिङ्कले १४९ बलमा १०० रनको शतकीय पारि खेले भने लाउरेन स्टिनकाम्पले ५९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै २९ रन खर्चेर ५ विकेट लिए पनि उनको यो उत्कृष्ट प्रदर्शन टोलीलाई जिताउन पर्याप्त हुन सकेन । यो हारसँगै लिग–२ शृङ्खलामा नेपालको शीर्ष चारमा पर्ने यात्रा लगभग सकिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्