प्रधानमन्त्रीको हस्तक्षेपसँगै सेयर बजारमा उत्साह: नेप्से ४१ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – पुँजीबजार सुधारका लागि प्रधानमन्त्री बालेन शाह आँफै सक्रिए बनेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको छ।

बजार परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दिनभर भएका १ करोड २२ लाख कित्ता सेयर किनबेचबाट कुल ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज बजारमा कुल २३९ वटा कम्पनीको सेयर मूल्य उकालो लाग्दा ३२ वटाको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

- Advertisement -
Ad imageAd image

आज एभरेस्ट कलर लिमिटेड र रिजलाइन इनर्जी नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः १४.९७ प्रतिशत र १४.६४ प्रतिशतले वृद्धि भएको छ। यस्तै, आँखुखोला जलविद्युत् कम्पनी २९ करोड रुपैयाँको सर्वाधिक कारोबारसहित अग्रस्थानमा रहेको छ भने रिलायन्स स्पिनिङ मिल्सको २४ करोड र रिडी पावरको २० करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै उपसमूहका सूचकहरू हरियाली बनेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्