धौलागिरी लघुवित्तको आईपिओ बाँडफाँड (नतिजा हेर्ने लिङ्क सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं–धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बुधबार बिहान बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज
आईपिओको नतिजा केहि समयपपछि प्रकाशन गरेको छ। नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/,सिडीएससीको मेरो शेयरको http://meroshare.cdsc.com.np/#/loginवेबसाइट सिडीएसलेhttp://iporesult.cdsc.com.np/  आईपिओको लागि संचालन गरेको वेबसाइट बाट र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट र https://dhaulagiribank.com/बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको छ । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: