तिहारअघिको अन्तिम सेयर बजारमा सामान्य उत्साह, नेप्से परिसूचक २.६४ अंकले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – तिहारको लामो बिदामा जानुअघि नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ। तिहारअघिको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंकले बढेर बन्द भएको हो।

चाडपर्वको माहोल सुरु भइसकेका कारण बजारमा ठूलो उतारचढाव नदेखिए पनि अन्तिम दिन बजार सकारात्मक सूचकका साथ बन्द हुनुलाई लगानीकर्ताहरूले सुखद संकेतका रूपमा लिएका छन्।

- Advertisement -
Ad image

चाडबाडको समय भएकाले यस दिन बजारमा कारोबार रकम भने केही सुस्त देखिएको छ। धेरैजसो लगानीकर्ताहरू पर्व मनाउने तयारीमा व्यस्त रहेका कारण बजारमा खरिद-बिक्रीको चाप कम भएको र उनीहरू पर्ख र हेरको रणनीतिमा रहेको विश्लेषकहरू बताउँछन्।

तिहारको बिदापछि खुल्ने बजारमा लगानीकर्ताको सक्रियता बढ्ने र नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्