रवि-बालेन पाँच घण्टा विमर्श: के-के विषयमा भयो छलफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बूढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनाश आचार्यका अनुसार सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो ।

- Advertisement -
Ad image

छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका थिए । भेटमा संसद् बैठक आह्वान, विधेयक, अध्यादेश लगायतमा पनि छलफल भएको थियो ।

मन्त्री, मन्त्रालय र सरकारका काम कारबाहीबारे कुरा भएको स्वकीय सचिव आचार्यले जानकारी दिए । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण लगायत विषयमा पनि भेटमा छलफल भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्