नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

- Advertisement -
Ad image

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। उक्त सम्मान बैंकको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले बैंकका तर्फबाट ग्रहण गरे।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले भने, ‘यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्