पाक्षिक १ अर्ब ६२ करोड घाटा सहेरै आयल निगमले यथावत् राख्यो पेट्रोलियम पदार्थको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

निगमको कात्तिक ३० गते बसेको बैठकको निर्णयअनुसार उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाल कायम रहेको साबिकको खुद्रा मूल्यलाई नै निरन्तरता दिइएको हो ।

- Advertisement -
Ad image

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भए पनि आन्तरिक बजारमा मूल्य स्थिर राख्ने निगमले जनाएको छ । यद्यपि, हालको खुद्रा बिक्री मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक (हरेक १५ दिन) रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था रहेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

noc-1794839076.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्