आज पनि नेप्सेमा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से घटेको छ । नेप्से ७.४१ अंकले घट्दा परिसूचक २०५३.१३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ पनि १.४७ अंकले घटेको छ। कारोबार सुरु भए लगत्तै सामान्य वृद्धि देखिएको बजारमा बिक्रेताको चाप बढेपछि समग्र नेप्से घटेको छ । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावरको धेरै भएको छ । हाइड्रोपावरको २८ करोड बढीको कारोबार भएको हो। यस्तै रिडी पावरको पनि ८ करोडको कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमुह १२ उपसूचक घटेको भए पनि म्युचुअल फन्डमा भने ०.०३ अङ्कको वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: