एशियन लाइफको १५.२६ प्रतिशत लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । एशियन लाइफले पहिलो पटक १५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७ र ७८ को मुनाफा तथा जगेडा कोषबाट १४.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अहिले प्रस्ताव गरिएको १४.५ प्रतिशत बोनस शेयर अर्थात ३६ करोड ८२ लाख रुपैयाँ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

जीवन बीमा कम्पनीहरु मध्ये एशियन लाइफले आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट पहिलो पटक लाभांश घोषणा गरेको हो । कम्पनीले केहि समय अगाडी बीमितहरुको बोनसदर सार्वजनिक गरेको थियो । प्रस्तावित लाभांश कम्पनीले आह्वान गर्ने वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array