करकापमा बीमा नगर्न बीमा प्राधिकरणको निर्देशन, जबरजस्ती गरे कारबाही गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई बीमितहरुलाई असहज हुने गरी दावी भुक्तानी नरोक्न निर्देशन दिएको छ ।

दावी भुक्तानीमा बीमितहरुलाई असहजता गराएको गुनासो आएकोमा प्राधिकरणले कम्पनीहरुलाई निर्देशन नमाने कारबाही गर्ने चेतावनी समेत दिएको छ।

- Advertisement -
Ad imageAd image

बीमितलाई असहज हुने गरी दाबी भुक्तानी भएको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने प्राधिकरणले बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ ।

वैदेशिक रोजगार ९म्यादी० जीवन बीमाको दाबी भुक्तानी गर्दा बीमितको हकवाला परिवारको करकापमा बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरे पश्चात मात्र दाबी भुक्तानी दिने गरेको भन्ने गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

साथै बीमितले बीमा गरेवापतको क्षतिपूर्ति रकम सरल तरिकाले भुक्तानी नगर्दा बीमितलाई पर्न गएको असुविधा र बीमा प्रतिको विश्वसनीयता पर्न जाने प्रतिकुल असर सम्बन्धमा बीमा प्राधिकरणले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

दाबी भुक्तानी गर्दा हकवालालाई करकापमा पारि परिवारका सदस्यको बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरेपछि मात्रै दाबी भुक्तानी दिने गुनासा आएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

मन्त्रलाईले पत्राचार गरेपछि प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्