जीवन बीमालेख सम्बन्धी निर्देशिका– २०७९ जारी; बीमा गरेको तीन वर्षपछि मात्र कर्जा पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं-नेपाल बीमा प्राधिकरणले जीवनबीमा कम्पनीहरुलाइ जीवन बीमालेख सम्बन्धी निर्देशिका– २०७९ जारी गरेको छ । जसमा कम्पनी, अभिकर्ता र बीमितलाई समेटेको छ । प्राधिकरणले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न यो निर्देशिका लागू गरेको जनाएको छ । अब बीमालेख जारी गर्दा बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि पाँच वर्ष कायम गरी तयार गर्नु पर्नेछ। निर्देशिकाअनुसार जीवन बीमालेखमा बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरु भन्दा फरक हुनु पर्नेछ ।
कम्पनीले बीमालेख अन्तर्गत दर निर्धारण गर्दा समावेश गरेको बोनस लोडको दर कम्तीमा फ्युचर बोनस रिजर्भको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। बीमकले बीमालेखको बीमांक रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्तताको आधारमा गर्नुपर्ने भनि उल्लेख गरेको छ । यस अघि अभिकर्ताले बीमितलाई विविध प्रलोभनमा पारेर जवजस्ति बीमाङ्क रकम राखेर बीमा गर्ने गरेका थिए । जसले गर्दा बीमितले सधैभरी बीमाशल्क बुझाउन नसक्दा सरेन्डर गर्नेको संख्या अधिकृक बढेको थियो ।
बीमालेख खारेज वा रद्द भएमा पूरक करार स्वत रद्द हुनेछ। पूरक करारको बीमा अवधि, बीमाशुल्क रकम र बीमांक रकम पूरक करारको प्रकृतिअनुसार बीमांकीले निर्धारण गरे बमोजिम हुने व्यवस्था रहेको छ ।
बीमा कम्पनीले बीमालेखको सर्त तथा सुविधा र प्राविधिक टिप्पणीमा भएका व्यवस्थाहरु बमोजिम बीमांकीयबाट बीमादर तालिका तयार गराउनु पर्नेछ। बीमकले बीमालेखअन्तर्गत पुरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भएपछि सरेण्डर गर्न तथा बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्न सकिने छ।

बीमकले बीमालेख धितो राखी कर्जा लिन बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १० हजारसम्म कायम गर्नुपर्ने नियम छ। बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिना प्रचलनमा ल्याइसक्नुपर्ने व्यवस्था छ।

बीमकले बीमालेखको सर्त तथा सुविधा सम्बन्धी गलत विवरण उपलब्ध गराई बीमितलाई भ्रममा पारी बीमालेख बिक्री गर्न पाउने छैनन्। त्यस्तै, बीमा कम्पनीले पुरा शुल्क नलिई वा प्राप्त भएको मितिभन्दा अगाडिको मितिदेखि लागु हुनेगरी कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन्। म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array