नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको रकम भुक्तानी नगर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

कठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमा बापतको बक्यौता रकम भुक्तानी गर्न बीमा प्राधिकरणले दिएको निर्देशन नमान्ने भएको छ । बीमा प्राधिकरणले गत पुस २७ गते कोरोना बीमाको भुक्तानी गर्न २१ करोड १८ हजार रुपैयाँ ७ दिनभित्र भुक्तानी गर्न माग गर्दै पत्र पठाएको थियो । सो पत्रको जवाफ पठाउँदै नेपाल पुनर्बीमा कम्पनीको पत्र बीमा प्राधिकरणमा पुगेको छ ।

पत्रमा सञ्चालकहरु राजधानी बाहिर रहेको र निर्वाचन अघि सो सम्बन्धी निर्णय गर्न नसकिने व्यहोरा उल्लेख भएको बीमा प्राधिकरणले जनाएको छ । अहिले पत्रमा पछि निर्णय हुने व्यहोरा उल्लेख भएपनि नेपाल पुनर्बीमाले कोरोना बीमाको रकम भुक्तानी नगर्ने स्पष्ट पारेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले यसअघि नै कोरोना बीमा मापदण्डमा व्यवस्था भए बमोजिमको रकम भन्दा बढि भुक्तानी गरिसकेकोले बाँकी दायित्व स्वीकार नगर्ने भन्दै भुक्तानी नगर्ने भएको छ । यद्यपि औपचारिक निर्णय हुन भने बाँकी छ । पुनर्बीमा कम्पनीको स्वीकृत बिना नै तत्कालिन बीमा समितिले अर्थ मन्त्रालयमा कूल दायित्वको ५५ प्रतिशतले नेपाल सरकारले व्यहोर्ने र बाँकी रहेको ४५ प्रतिशत मध्ये १२ प्रतिशत रकम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने प्रस्ताव गरेको थियो ।

तत्कालिन बीमा समितिमा सो सम्बन्धमा छलफल हुँदा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले माईन्युटमा हस्ताक्षर नै गरेका थिएनन् । नेपाल पुनर्बीमा कम्पनीले आफूले कुनै प्रतिबद्धता व्यक्त नगरेको, कोरोदा बीमा बापत नागरिकबाट उठाएको शुल्कको कुनै हिस्सा नलिएको बरु एक अर्ब रुपैयाँ चन्दा दिइसके पछि पुनः रकम माग गर्नु बीमा प्राधिकरण गैर कानुनी कार्य भएको पुनर्बीमा कम्पनीका सञ्चालक मध्येका एकले बताए । बीमा प्राधिकरण विधिको शासनमा चल्ने उल्लेद गर्दै जथाभावी डण्डा चलाए स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सरकारी कम्पनीको व्यवसाय खोस्ने, अनाधिकृत रुपमा रकम भुक्तानी गर्न दवाव दिने जस्ता कार्यले पुनर्बीमा कम्पनी ध्वस्त पार्ने काम भएको बताउँदै उसले आगामी दिनमा यस्ता गैर कानुनी कुरा लाद्न खोजिए कठोर कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएका छन् ।

सरकारले लगानीको कम्पनी भएकोले रकम भुक्तानी गर्ने कुरा सम्भव नभएको बताउँदै कोरोना बीमाको दायित्व बापत नेपाल पुनर्बीमा कम्पनीले यसअघि एक्कलैले झण्डै एक तिहाई तिहाई तिरिसकेकोले तत्काल भुक्तानी नगर्ने अडानमा नेपालका सञ्चालकहरुको भनाई छ ।

कोरोना बीमा तत्कालिन नियामक निकायले विवेकहिन निर्णय भएको बताउँदै पुनर्बीमा कम्पनीले बीमा समितिले गरेको गलत निर्णयको जोखिम बहन नगर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्