नेपाल बैंक बर्दिया शाखाका म्यानेजर सम्पर्कविहीन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बर्दियाको गुलरियामा रहेको नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने केही दिनदेखि सम्पर्कविहीन भएका छन्। बैंकका शाखा प्रबन्धक न्यौपाने माथि बैंकको रकम हिनामिना गरेको आरोप लगेको हो। यस घटनाको अनुसन्धान नेपाल बैंकको केन्द्रीय कार्यालय र प्रहरीले गरिरहेको छ। शाखा प्रमुख न्यौपाने सम्पर्कविहीन भएपछि परिवार र बैंकले प्रहरीमा उजुरी दिएको छ। उजुरीको आधारमा प्रहरीले न्यौपानेको खोजी गरिरहेको छ।

प्रहरिका अनुसार साउन १४ गते न्यौपानेका परिवारले आफन्त खोजी गर्न भन्दै निवेदन दिएका थिए। त्यसै दिन बैंकले पनि निवेदन दिएको हो। त्यस्तै न्यौपाने विरुद्ध प्रहरीमा आर्थिक अपचलन गरेको देखिएको छ।

केही समयअघि मात्र शाखा प्रमुखमा बर्दिया पुगेका न्यौपानेले ५० लाख रुपैयाँ हिनामिना गरेको प्रहरीको उजुरीमा उल्लेख गरिएको छ।

उनले अनलाइनबाट सेवाग्राहीको र बैंकको ५० लाख रुपैयाँ हिनामिना गरेको उजुरी परेको हो। अहिले प्रहरी र नेपाल बैंकले पनि घटनाको अनुसन्धान र न्यौपानेको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्