शेयर बजार मैत्री वातावरण हुँदा पनि नेप्सेमा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– नगद लाभांशमा गरेको कडाइ खारेज गर्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रौनकता छाउन सकेन । नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धि गर्ने नीति लिदा पनि बैंकहरुले ब्याजदर नबढाउने सहमतिै र बिहिबार चुनाव घोषणाले पनि लगानी कर्तामा उत्साह थप्न सकेन । शुक्रबार नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० को विन्दुमा रोकिएको छ । बिक्री चाप अत्यधिक हुँदा दुई घण्टाको कारोबार अवधि मै २ अर्ब ६२ करोड रुपैयाँ बाराबरको सेयर खरिद बिक्री भयो। बिहिबार घटेको सेयर बजार शुक्रबार पनि हरियो हुन सकेन ।

शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैंकको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा घट्यो भने २१ कम्पनीको सेयरमूल्य बढेको हो । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने यर्थावत रहयो । जोशी हाइड्रोपावरको सेयरमूल्य भने ५.९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो दिनको तुलनामा झन्डै २ अंक बढेर ‘प्रि ओपनिङ’ भएको परिसूचक कारोबार अवधिभर पुन हरियो हुन भएन । खुलेको केही समयमै बजारमा ‘प्यानिक सेलिङ’ बढेको देखिन्छ। टेडरहरुले नाफा बुक गरेकाले पनि बजार रातो हुन थप टेवा पुग्यो । गत आर्थिक वर्ष सकिएलगत्तै म्युचुअल फन्डहरुले लाभांश प्रस्ताव गर्न सुरु गरेपछि तिनीहरुको इकाई खरिद बढेको छ। वित्तसँगै व्यापार, जलविद्युत, विकास बैंक, र लघुवीत्त उपसमूह अन्तर्गतका सेयरमा फराकिलो अन्तरले घट्एको हो । काठमाडौं– अहिले शेयर बजारमा लाभांस वितरण गर्ने मौसम पनि सुरु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: ,