युक्रेनी खाद्यामाथि लगाइएको नाकाबन्दी खुल्योे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – युक्रेनमा पाँच महिनापछि व्यापारिक कारोबारको बाटो खुलेको छ। ब्ल्याक सागर हुँदै युक्रेनी खाद्यान्न बोक्ने पहिलो जहाज सोमबार ओडेसा बन्दरगाहबाट लेबनानतर्फ गएको हो । पछिल्लो महिना तय गरिएको सम्झौता, जसलाई संयुक्त राष्ट्रसंघ र टर्कीले मध्यस्थता गरेको थियो त्यसको टुंगोमा पुग्न दुई महिना लाग्यो र १२० दिनका लागि लागू हुने पुनः सम्झौता गरियो। उक्त सम्झौता नवीकरण गर्न सकिने पनि जनाइएको छ। युक्रेनी अन्नमाथि लगाइएको नाकाबन्दीका कारण विश्वव्यापी खाद्य संकट निम्त्याएको छ। फलस्वरूपः पास्ता, पाउरोटी जस्ता गहुँजन्य उत्पादनहरूको मूल्यवृद्धि भएको छ। साथै खाने तेल र कृषि मलहरूको पनि मूल्य बढेको छ।

सिएरा लियोन (झण्डा) भएको जहाज रजोनीले रुसको नौसेनाको प्रभुत्व रहेको ब्ल्याक सीलाई जोड्ने बोस्फोरस स्ट्रेटलाई भूमध्य सागरमा पार गरेपछि त्रिपोली लेबनानको बन्दरगाहमा जानेछ। यसले २६ हजार ५२७ टन मकै बोकेको छ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमा गरेको आक्रमणले विश्वव्यापी खाद्य र ऊर्जा संकट निम्त्याएको छ र संयुक्त राष्ट्र संघले यस वर्ष धेरै भोकमरीको जोखिमको चेतावनी दिइरहेको छ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटर्रेसले मंगलबारको प्रस्थान त्यस्ता धेरै कार्गोमध्ये पहिलो हुने आशा व्यक्त गरेका छन्। संयुक्त राष्ट्रले सहायताको आपूर्ति पुनः पूर्ति गर्न जहाज चार्टर गर्ने पनि उनले बताए। युक्रेनमा लगभग २ करोड टन बराबरको खाद्यन्य स्टोरमा थन्किएको अवस्था छ। साथै अहिले भइरहेको फसलबाट ४ करोड टन अनाज निर्यात गर्ने आशा गरेको छ।

युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले यसलाई विश्वमा रहेका विशेषगरी मध्य पूर्व, एसिया र अफ्रिकाका लागि राहतको दिने बताए। टर्कीका रक्षामन्त्री हुलुसी अकारले मंगलबार दिउँसो जहाज इस्तानबुलमा ल्यान्ड गर्ने र रुसी, युक्रेनी, संयुक्त राष्ट्र संघ र टर्कीका प्रतिनिधिहरूले निरीक्षण गर्ने बताए। त्यसपछि कुनै समस्या उत्पन्न नभएसम्म यो जारी रहनेछ।

युक्रेनी अधिकारीहरूका अनुसार हाल १७ जहाजहरु ब्ल्याक सी बन्दरगाहहरूमा लगभग ६ लाख टन कार्गो तयारी अवस्थामा रहेको बताएका छन्। यो जहाज राम्रोसंग अवतरण भएमा दोस्रो लटमा यी जहाजहरु पठाइनेछ।

यो बिग्रँदै गएको खाद्य संकटमा आशाको किरण भएको जर्मन विदेश मन्त्रालयका प्रवक्ताले सरकारी ब्रिफिङमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array