सोमबार नेप्सेमा सामान्य वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – सोमबार (आज) सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १.१५ अंक ९०.०५० प्रतिशतले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ । दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ । व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि ०.४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैंक उपसूचक १.४५ प्रतिशतले घटेको छ ।

सोमबार दिनभर नेप्सेमा १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभर बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थीर छ । सोमबार कारोबार भएकोमध्ये बुटवल पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशतले वृद्धि हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.५७ प्रतिशतले बढेको छ ।

यता स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२१ प्रतिशतले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ४.७१ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array