बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन तर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०७९, आईतवार
2 Min Read
Aa

बीमा समितिका अध्यग्क्ष सूर्य प्रसाद सिलवालले लगानी अनुरुपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने बताएका छन् । समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पुँजीवृद्धि तथा मर्जरसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुप-यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप-यो । पुँजीवृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।’ कार्यक्रममा अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजीवृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नैपर्ने बताए ।

पुँजीवृद्धिका लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप-यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप-यो । सूचना प्रविधिमैत्री हुनुप-यो । शाखा कार्यालयहरूलाई सुविधासम्पन्न बनाउनुप-यो । दाबी भुक्तानी समयमै हुनुप-यो । लगानीको प्रतिफल पनि बढ्नुप-यो ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजीवृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्तिलगायतका विभिन्न विकल्प हुनसक्ने बताए । कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनी बीमकको पुँजीवृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । 

Source

प्रतिक्रिया दिनुहोस्

Array