काठमाडौं – नेपालमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२२ भदौ २१ देखि सुरु हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा जारी बैठकले भदौ २१ गतेदेखि असोज ३ गतेसम्म प्रतियोगिता हने भएको हो ।
संघले टिकट मूल्य २ दरमा तय गरेको छ । उक्त बैठकले सामान्य प्याराफिटतर्फको मूल्य ३ सय र भिआइपीतर्फको मूल्य ५ सय मूल्य निर्धारण गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहनेछ ।
त्रिपुरेश्वरिस्थत दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्ने तालिका छ । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्