एनपीएल प्रसारणको मुख्य प्रायोजकमा ‘रेड बुल’, अन्य साझेदारहरू पनि सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक टेलिभिजन प्रसारण अधिकार पाएको हिमालय स्पोर्ट्सले प्रतियोगिताको ब्रोडकास्ट पार्टनर तथा प्रायोजकहरूको घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच यस सिजनको प्रसारणका लागि कर्पोरेट साझेदारहरू सार्वजनिक गरिएका हुन्।

यसपटक एनपीएल प्रसारणको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रूपमा ऊर्जा पेय ब्रान्ड रेड बुल अनुबन्धित भएको छ। यो साझेदारीसँगै प्रतियोगिता अवधिभर हिमालय स्पोर्ट्सले ‘रेड बुल क्रिकेट लाइभ’ नामक विशेष प्रि-म्याच र पोस्ट-म्याच स्टुडियो कार्यक्रम समेत सञ्चालन गर्ने जानकारी दिइएको छ।

- Advertisement -
Ad image

यसका साथै प्रसारणलाई भव्य बनाउन अन्य क्षेत्रका प्रतिष्ठित कम्पनीहरू पनि विभिन्न विधामा साझेदारका रूपमा जोडिएका छन्। ‘इन एसोसिएसन विथ’ पार्टनरका रूपमा बजाज पल्सर रहेको छ भने ‘पावर्ड बाई’ पार्टनरमा प्रो स्टाइल र नेपाल लाइफ इन्स्योरेन्स अनुबन्धित भएका छन्। त्यसैगरी ‘ड्रिभन बाई’ पार्टनरमा प्रोटोन तथा सह-प्रायोजक (को-स्पोन्सरहरू) मा एसियन पेन्ट्स, सोयुम नुडल्स र हिमस्टार रहेका छन्।

हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी बोलकबोल गर्दै यस सिजनको एनपीएल प्रत्यक्ष प्रसारण अधिकार हात पारेको हो। यो ऐतिहासिक व्यावसायिक सहकार्यले नेपाली क्रिकेट र समग्र खेलकुद क्षेत्रको प्रवर्द्धन तथा विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ। एनपीएलका रोमाञ्चक खेलहरू आगामी कात्तिक ८ गतेदेखि सुरु हुँदै छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्