तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन् ।  त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ ।

- Advertisement -
Ad image

कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ भने २ गते इलिमिनेटर हुनेछ । तालिका अनुसार ३ गते दोस्रो क्वालिफायर र मंसिर ५ गते फाइनल हुनेछ ।

सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानले जनाएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्