नदुखोस कसैको दुख, यसरी पनि,
म आवोस काल बेगले, यसरी पनि,
सानो देश थोरै मानिस, धेरै नै दुखी छौँ,
म बनाउ टुहुरो कसैलाई, यसरी पनि।।
विकसित देश, ठुला ठुला मशिन चलाउँछन,
तिन्ले भुगर्भ तताउँछन, बाढि पहिरो निम्त्याउँछ,
न लागोस् बिष, अरुले गरेको पापको पनि,
न देउ दण्ड, अरुको बिकार हो भनि ।।
किन कहिले कसरी, अब न सुन्नु परोस,
नेपालीले यस्तो बितण्डा,अब न देख्नु परोस,
धेरै शहर बजार छन, नदि नाला का किनार,
न होस बिनास,अब न भागाभाग गर्नु परोस् ।।
यो देश हो विरको, सबले गाथा बुझेका छन,
यो देश हो विश्व शिरको,कति त यहाँ चढेका छन्,
न अर्थ लागोस, कमजोर भए ई नेपालीहरु,
तँग्रङ्ग तन्किन सक्छन, यि कर्मविर गोर्खालीहरू ।।
शरद चन्द्र ओझा मेदिनीराज
द न पा-४ बमराडा


प्रतिक्रिया दिनुहोस्