के भएको देउता र बुद्धले तप गरेको देशमा,
कहिले साँप्रदायिक कहिले बाढिको भेषमा,
यो कुन बैरी को दृष्टी हो, सँधै प्रकोप लाग्ने,
ह्वात्तै आउने हिउँपानी, केहि नराख्ने शेषमा ।।
मिलेर बसेका, हिम श्रृङ्खला पग्लिए,
सेताम्य रहेका, शान्त बरफ सल्बलिए,
रोकिएन ताण्डव, गाउँ बस्ती तिर दौडियो,
हेर्दाहेर्दै खुशी गयो, जिवनधारानै खल्बलिए।।
पापी भनौ त कल्लाई, दोष देखाउँ त को तिर,
सुखको आधार खोज्दै, प्रकृतीलाई दुख दिने तिर,
पेट्रोल डिजल बालेर, ए सी र मशिन खोज्नेहरु,
प्रवाह को फिक्री नगरी, बन जँगल फाँडने तिर ।।
भए टुहुरा बालक, गई गए बगेर भेलमा आमाहरु,
कति का घरबार उजडे, डुबे कति काका मामाहरु,
गाउँ बस्ती उजाडी गयो, तटिय यो नदिको देशमा,
कति कति दुख छोडी गयो,बगे कति साधु र लामाहरु ।।
शरद चन्द्र ओझा “मेदिनीराज”
द न पा-४, बमराडा


प्रतिक्रिया दिनुहोस्