ति याद हरुको भेल किन हो मेरा लागि…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० बैशाख २०८३, बुधबार
1 Min Read
Aa

ति याद हरुको भेल किन हो मेरा लागि,
बिपनीमा त कता जान्छ, सपनीमा मेरा लागि ।।

झरी र आँखा को भेल, हुन त उस्तै उस्तै,
दुबै त पानी हो, बह पनि, उस्तै उस्तै ।।

- Advertisement -
Ad imageAd image

रोएर दुखेको त्यो, छाती भित्रको बिरह,
सँधै कल्पिएको, बिछोडको त्यो घाउ,,
दर्दमा लुटपुटिएको जिवनको मर्म,
त्यहि दर्द नासुर बन्दै, किन हो मेरा लागि ।।

सँधै यस्तै, जिवन उस्तै,
किन हो मेरा लागि ।।
सँधै यस्तै, जिवन उस्तै,

किन हो मेरा लागि ।।

शरदचन्द्र ओझा ”मेदिनीराज”
द न पा-४, बमराडा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्