नारी कलङ्कित हुदा मन भयो चिरा
कोही मान्छन् फोहर कोही मान्छन् हिरा
नारीको महत्व बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई नारी खुर्पाको बिड ।
नारीको नाम एक रूप अनेक भगवानको रुप एक नाम अनेक
कही चण्डी कही दुर्गा त कही भगवती
हामी मानव सब तिनका सन्तति ।
भन्छन् सब नारी कमजोर हुन्छे
तर जिस्कायो भने चण्डीको रूप लिन्छे
आफू र आफ्नो सन्तानका लागि
सुरक्षा कवजको उपमा दिन्छे ।
नारी दया माया ममताको सागर
करुणाको अनुपम उदाहरण
कहिल्यै नरित्तिने छ मायाको सागर
नारीबाटै सिंगारिएको छ यो संसार ।
नारी नचिन्नेलाई गर खबरदार आवश्यक पर्दा उठाऊ तरवार
आफ्नो सुरक्षा आफै गर्न सिक नारीमा छ शालीनताको सिप ।
आमा नारी छोरी नारी बुहारी पनि
यिनैबाट जन्मिन्छन छोरा पनि
तर पनि चिनिन्छ देश पुरुष प्रधान भनि
यिनैबाट हेपिन्छिन नारी जहीँ पनि ।
नारी सहनशीलताकी हुन गाथा
उदाहरण छन् जिउँदै जलेका सति प्रथा
हरेक सम्बन्धमा खरा उत्रिनु पर्ने
लाग्छ धर्ती माताकै संज्ञा दिनुपर्ने ।
नारी आफ्नो पहिचान गर्न सिक
घरमात्रै हैन सामाजिक बन्न सिक
आफ्नो परिचय देऊ मानिस माझ
बनाऊ सार्थक तिम्रो जीवन आज ।।


प्रतिक्रिया दिनुहोस्