छल (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

 

भूमिका गैरे तिमिल्सिना

- Advertisement -
Ad image

‘हैन, के गरेर बसेकी ? काम केही सघाउनु छैन ? दिनभरि सुत्यो कि गफ गरेर बस्यो ?’ बुढाले हकारे त्यस्तो मिलनसार र मायालु बुढा अचानक परिवर्तन भाएको देखेर उनलाई अचम्म लाग्यो । सोचिन्

‘कतै मैले नै केही बिराएकी ? घरको सारा आर्थिकभार छ, काम छैन, आम्दानी छैन, तनावले होला।’ केही बेरपछि बुढा उरन्ठ्याउलो पारामा देखिए । जिस्किँदै भने ।

‘हेर बुढी। मैले अमेरिका जाने कागजपत्र तयार गर्दैछु। त्यसमा तेरो पनि दस्तखत चाहिन्छ, गर् है।’ बुढीले मक्ख पर्दै भनिन् । ‘जाबो दस्तखत । तपाईंले भनेपछि के गर्दिनँ होला र ?’

बुढाको अनुहार हँसिलो भयो। त्यो देखेर बुढी खुसीले गदगद भइन् । बुढाले सबै कागजपत्र ल्याए। बुढाले जहाँ जहाँ भने त्यहीँ त्यहाँ उनले केही नबोली दस्तखत गरिन् ।

बुढाले भने, ‘म त जाने भएँ, तँ एक्लै पर्ने भइस् ।’ अचम्मित पारामा उनले भनिन् , “के को कागतपत्रमा मलाई दस्तखत गराको हो ?’ ‘डिभोर्सको। म अर्कीसँग कोर्टम्यारिज गरेर अमेरिका जादैछु ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्