औपचारिकता (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

भूमिका गैरे, तिमिल्सिना

‘अस्मितालाई कत्रो ठूलो बज्रपात पर्यो ?’ उसको श्रीमानको मृत्युप्रति साइली दिदीले सहानुभूति बाँड्दै भनिन् ।

- Advertisement -
Ad image

अस्मिता केवल रोइ मात्र रही । केही बोलिन । सुझाव दिँदै उनले पुन: थपिन् , ‘यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । तीन- तीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी, तँ जागिर गर् । पढेलेखेको के काम ?’

गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई । साहिली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित् निवेदन हाली । उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’, थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’, थियो । यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पर्यो । अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई ।

लिखित र मौखिक परीक्षामा राम्रो अङ्क ल्याएर पास गरी । अन्तरवार्ता राम्रो भयो । ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन ।
ऊ आक्रोशित भई ।

गाउँपालिका पुगेर हाकिमसंग ठाडै प्रश्न गरी, ‘मेरो भन्दा कम अङ्क आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन ?’ हाकिमले सहजै भने, ‘उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्