भूमिका गैरे तिमिल्सिना
‘आमा ! जति काम गरेपनि घरमा कहिले जस पाइनँ । नन्द, देवर , सासू ,ससुरा सबैको चित्त बुझाउँदा बुझाउँदै हैरान भएँ ।’ छोरीले आमासंग फोनमा रूँदै भनी ।
‘पहिला न जा ! भनेर कत्ति सम्झाउँदा पनि मानिनस् । नाई ,मलाई त्यै केटो चाहिन्छ भनेर हिँडिस् । अब पछुताएर के फाइदा रु दु:ख पाइस् मङ्गले आफ्नै ढङ्गले !’ आमाले दिक्क मान्दै भनिन् ।
बिन्ति भाउमा छोरीले भनी, ‘बिहान उठेदेखि एकछिन फुर्सद हुदैन । घरको काम कसैले सघाउने होइन ? घरको कुरा कतै बाहिरकाले थाहा पाउँछन् कि भनेर यतिञ्जेल मौन बसेर सहेँ । सबैले अनेकन् लाञ्छना लगाउँछन् । म यहाँ बस्नै सकिनँ । आफ्नै जन्मघर आउँछु ।’
‘ऊ बेला घरको चालचलन, आनीबानी केही बुझ्न पाइएन ।’ हतपत गरिस् । घर छाडने कुरा नगर् छोरी !’ भनेर आमाले सम्झाइन् ।
आमा छोरी निक्कै बेर कुरा गरे । तिता मिठा गन्थन गरे । फोन राखेपछि आमा घरधन्दामा लागिन् । धेरै बेरपछि आमाका मनमा कुरा खेल्न थाले, ‘अघिपछि कहिले फोन नगर्ने मान्छे आज एकाबिहानै साह्रै बिलौना गरी । केही त पक्कै होला रु हैन, यसलाई केही समस्या त छैन ? साह्रै तनाव भएर त होइन ?’ हत्त न पत्त छोरीलाई फोन गरिन् । धेरै पटक फोन गर्दा पनि फोन उठेन ।
केही बेरपछि छोरीकी सासूले फोन गरेर भनिन्, ‘झट्टै आउनु पर्यो, सम्धिनीज्यू ! यहाँ तपाईंकी छोरी सुसाइड नोट लेखेर झुन्डिएकी छे ।’


प्रतिक्रिया दिनुहोस्